अछाम । जिल्लाको कमलबजार नगरपालिकामा रहेको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा पुन सञ्चालनमा आएको छ । बिगत लामो समय देखि पा्रबिधिक समस्याका कारण बन्द भएको एक्सरे सेवा उपकरणमा सुधार गरिएपछि पुन संचालनमा आएको हो ।
एक्सरे उपकरणका आएको समस्याले एक्सरे मेसिन संचालन गर्न सकिएको थिएन, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका मेडिकल अधिकृत डा. गुञ्जन कुमार साहले भने अब मर्मत गरिएसंगै नियमित ररुपमा संचालन हुनेछ ।
एक्सरे सेवा सञ्चालन भएपछि पूर्वी अछामका जनतालाई सहज हुने भएको छ । कमलबजार सहित बिनायक पञ्चदेवल, तुर्माखाँद तथा ढकारी क्षेत्रका जनतालाई नजिकै सेवा लिन सहज हुने डाक्टर साहले बताए ।
एक्सेर सेवा लिनकै लागि मात्र टाढा जानुपर्ने बाध्यता अब देखि नरहेको उनको भनाई छ । यस क्षेत्रका सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा लिने बातावरण होस भनेर एक्सेर मेसिन सुधारका लागि पहल गरिएपछि पुन सुचारु भएको कमलबजार नगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिष्टेन्ट टेक बहादुर बिष्टले वताए ।
विगत लामो समय देखि कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा नहुदाँ त्यस क्षेत्रका जनताले जिल्ला अस्पताल र बयलपाटा अस्पताल जानुपर्ने बाध्यता रहेको थियो । उक्त सेवा नजिकै पाईने भएपछि सेवाग्राही खुशी भएका स्थानिय राम अबिरल बिष्टले बताए ।
प्रतिक्रिया