अछाम ।
जिल्ला स्थित न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका २० जना निको भएर घर फर्किएका छन् । हाल आईश्वलेसनमा रहेका उनिहरु २० जनामै कुनै प्रकारको लक्षण नदेखिएको र सबै स्वस्थ्य रहेकाले घर पठाईएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
२० जनामा कुनै कोरोना सम्बन्धी लक्षण नदेखिएको र सरकारको प्रोटोकल अनुसार ११ दिनको आईश्वलेसन पछि डिस्चार्ज गरिने प्राबधान अनुसार उनिहरुलाई घर पठाईएको डाक्टर गौचनले बताए । उनिहरु घरमा पनि १ हप्ता देखि २ हप्ता सम्म सुरक्षित बस्ने भएकाले घर पठाईन लागेको उनको भनाई छ ।
पछिल्ला अध्ययन र बिश्व स्वास्थ्य संगठनका अनुसार ११ दिन पछि कोरोना भाईरस मरिसकेको हुने भएका कारण उनिहरुबाटै स्वास्थ्य सेवा समेत दिन सकिने डाक्टर गौचनले उल्लेख गरे ।
यस्तै पछिल्लो प्राप्त रिपोर्ट अनुसार संक्रमण धेरै नबढेका कारण तत्कालको लागि अस्पतालको आकस्मिक सेवा सुरु गर्न पहल भईरहेको र छिट्टै छलफल गरे निष्कर्ष निकालिने उनले बताए ।
शनिबार प्राप्त रिपोर्ट अनुसार अस्पतालका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित २ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
सेती प्रादेशिक प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार अस्पतालका २ जनामा कोरोना पुष्टी भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।
यसअघि डडेलधुरा अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको थियो । उनिहरु मध्ये एक जना एक हप्ता पहिले नै कोरोनाको संक्रमण देखिएका थिए ।
त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएको थियो । सबै २१ जना संक्रमित मध्ये एक जना पहिले नै निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया