मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज

८८४ जनामा कोरोना पुष्टि, ३१३ जना डिस्चार्ज

सुदूर आज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २४२ महिला र ६४२ पुरुष छन्। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हालसम्म २० हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्, यो ५५ प्रतिशत हो। पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन्।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ। जसमध्ये ६ हजार ४४५ जना होम आइसोलेसन र १० हजार १४५ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल विभिन्न क्वारेन्टिनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ।