अछाम – जिल्लामा थप १८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका १५ पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार आईतबार पुष्टी भएका संक्रमित रामारोशन गाँउपालिका र तुर्माखाँद गाँउपालिकाका रहेका छन् ।
रामारोशनका १ महिला र ५ पुरुष गरी ६ जना तथा १० पुरुष र २ महिला सहित १२ जना तुर्माखाँदका रहेका छन् ।
प्रतिक्रिया