काठमाडौं । एकजना कोरोना भाइरस संक्रमितले ३ हजार व्यक्तिसम्मलाई संक्रमण सार्ने सम्भावना हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
आइतबारको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले भने,”सबैले म संक्रमित छु, मबाट अरुलाई सजिलै सर्नसक्छ भनेर सर्तक भइदिन आग्रह गर्दछु ।”
उनले केही व्यक्ति आइसोलेसन, क्वारेन्टिन सेन्टरबाट भाग्ने गरेको केही जानकारी आएकोले यसरी भाग्नु भनेको त्यो व्यक्तिले आफ्नो परिवार र समुदायलाई कोरोना संक्रमणको जोखिममा राख्ने बताए ।
पछिल्लो समय बढेको कोरोना संक्रमणका कारण स्वास्थ्य सेवा नै प्रभावित भएको उनले बताए ।
उनले भने, “सीमित स्रोत र साधनसँग कोरोना संक्रमणसँगै जुधिरहेकै छौँ । बिना काम घर बाहिर नजाने, मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न उनले सबैलाई अनुरोध गरे ।
प्रतिक्रिया