मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरबाट १ हजार २२१ कोरोना संक्रमित थपिए, २६७ डिस्चार्ज

देशभरबाट १ हजार २२१ कोरोना संक्रमित थपिए, २६७ डिस्चार्ज

सुदूर आज

काठमाडौं । कोरोना भाइरसका एक हजार २२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२१ संक्रमित थपिएको जानकारी दिए । 

जसमा ३४८ महिला र ८७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २६७ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७१७  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२   हजार ३४३  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ६१२ जना र होम आइसोलेसनमा ६ हजार ९०६ रहेका छन् । आजसम्म देशभर ७  हजार ७९७ जना क्‍वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १२ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा तीनजना भेन्टिलेटरमा रहेका छन् । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।