अछाम –नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले बाढी पिडितका लागि सुरु गरेको राहत संकलन तथा उद्वारमा रकम संकलन कार्यले तिव्रता पाएको छ ।
आईतबार नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य तथा रेडियो साफेबगरका कार्यकारी निर्देशक राम बहादुर कुँवरले ११ हजार १ सय एघार सहयोग गरेका छन् ।
नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य समेत रहेका कुँवरले बाढी प्रभावितलाइ राहत होस् भनेर सहयोग गरेको सुदूर आजलाई बताए।
भदौ २ गते रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले बेपत्ता, मृ’तक, विस्थापित तथा पिडित परिवारका लागि सहयोग स्वरुप राहत संकलन अभियान सुरु गरिएको थियो ।
केन्द्रिय सदस्य कुँवरले बिपतको यस घडीमा सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।
प्रतिक्रिया