मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ मसान्तसम्म लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान नखुल्ने

भदौ मसान्तसम्म लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान नखुल्ने

सुदूर आज

काठमाडौं– सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि यातायात र शिक्षण संस्था नखोल्ने निर्णय सरकारले गरेको हो।

मन्त्रीपरिषद्को बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले लागू गरिएका निर्णयलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै बैठकले हङकङ, मकाउ र ल्हासाका लागि महावाणिज्य दूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले हङकङ र मकाउका लागि उदयबहादुर रानामगर र ल्हासाका लागि नवराज ढकाललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

रानामगर गृह मन्त्रालयका सहसचिव हुन् भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्। उनीहरु दुवैलाई केही दिनअघि परराष्ट्र मन्त्रालय सरुवा गरिएको थियो। परराष्ट्र मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले महावाणिज्यदूत नियुक्त गरेको हो।