“बाढी पिडित र दुबै मृगौला फेल भएर उपचाररार्थ बिसीलाई आर्थिक सहयोग”
अछाम । पत्रकार धमेन्द्र बिसीले आफ्नो जन्मदिनको अवसरमा परोपकारी काम गरेका छन् । उनले समाजमा सकरात्मक सन्देश दिन जन्म दिनमा परोपकारी काम गरेका हुन् ।
रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक बिसीले रामारोशनका बाढी पिडित र दुबै मृगौला फेल भएर उपचारार्थ रहेका पत्रकार धुब्र बिसीको लागि आर्थिक सहयोग गर्दै जन्म दिन मनाएका छन् ।
बिसीले रामारोशनका बाढी पिडितका लागि ३ हजार र दुबै मृगौला फेल भएर उपचाररार्थ रहेका पत्रकार धु्रब बिसीलाई ५ हजार सहयोग गरेका छन् ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक कार्य गर्नु उत्तम भएको भन्दै पत्रकार बिसीले अप्ठेरोमा परेकालाई सहयोग गरेर जन्म दिन मनाएका हुन् ।
नेपाल प्रेस यूनियनका केन्द्रिय पासर्द समेत रहेका पत्रकार बिसीले सबैलाई यस्ता अवसरहरुमा समाजसेवाको कार्यमा लाग्न प्रेरित होस् भनेर आफुले सुरुवात गरेको सुदूरआजलाई बताए ।
साथै उनले सामाजिक कार्यमा समाजका हरेक व्यक्ती अग्रसर हुनुपर्ने भन्दै त्यस तर्फ लाग्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया