चितवन – युवा जागरण (सजगता) अभियान चितवन जिल्लाको संयाेजकमा सामाजिक एबम् राजनीतिक ब्यक्तित्व युबा नेता अरुणेस्वर् खनाल मनोनित भएका छन् ।
यूवा तथा सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता खनाललाई चितवनको जिमेवारी प्रदान गरिएको हो।
अभियानको संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि विभिन्न ब्यक्तित्व लाई मनाेनयन गरिएकाे हाे ।
बागमती प्रदेशका जिल्लाहरुमा, प्रदेश नम्बर २ र कर्णाली प्रदेशका बाँकी जिल्ला र प्रदेश १ का जिल्लाहरुमा जिल्ला संयोजकको नियुक्ति गरिएको छ।
जसमा प्रदेश २ संयोजक संजीव कुमार यादव ,कर्णाली प्रदेश संयोजक इश्वर बहादुर बिष्ट ,बागमती प्रदेश संयोजक पुनम लामालाई तोकिएकाे अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।
प्रतिक्रिया