मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोट नाग्मका पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराइयोस् : कांग्रेस

कालिकोट नाग्मका पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराइयोस् : कांग्रेस

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका १, नाग्मका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरेर नाग्माका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । 

कांग्रेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति पनि प्रकट गरेको छ ।

नाग्मामा आइतबार दिउँसो गएको पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर केही व्यक्ति घाइते भएका छन् ।