मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

सुदूर आज

काठमाडौं– नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

१२ भदौमा महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको महोत्तरीका कोभिड फोकल पर्सन विरेन्द्र कुमार झाले जानकारी दिए ।

उनको ललितपुरस्थित बयोधा हस्पिटलमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी उनी ७ भदौमा बिरामी परेका थिए ।

मृतकको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेको र अन्य सदस्य पनि कोरोना संक्रमित भएको झाले जानकारी दिए । तर स्वास्थ्यकर्मीको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।