मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

सुदूर आज

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍व गौतमका अनुसार देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । 

मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । 

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

आइतबार १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।