मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६०

८९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६०


काठमाडौं । नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिए । 

जसमा ३०३  महिला र ५९६ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजा ८२२ रहेको छ । पछिल्लो  त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३  हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७  जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३९ हजार ४६०  पुगेको छ । 

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।