मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुखर्जीको निधन प्रति नेपालका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

मुखर्जीको निधन प्रति नेपालका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सुदूर आज

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति शोक व्यक्त गरेका छन्।

आज (सोमबार) साँझ ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले शोक प्रकट गरेका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘भारतीय पूर्व राष्ट्रपतिको निधनको खबरले म दुःखी छु, यो शोकको घडीमा भारत सरकार, भारतीय जनताका साथै शोक सन्तप्त परिवारका सदस्यप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

साथै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् नेपालले एक आत्मीय मित्र गुमाएको जनाएका छन्। उनले लेखेका छन्, ‘उहाँको निधनबाट नेपालले एक आत्मीय मित्र गुमाएको छ।

उहाँको सार्वजनिक जीवनमा नेपाल भारत सम्बन्ध सुदृढ बनाउन निर्वाह गरेको योगदान हामी सम्झीरहने छौँ।’