मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति भण्डारी

मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति भण्डारी

सुदूर आज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।

उनले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति  समवेदना व्यक्त गरेकी छन् ।

“उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा लेखेकी छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।