मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका एकेन्द्रले पत्रकार बिसीको उपचारका लागि कोरियामा सहयोग अभियानको नेतृत्व गर्दै एक लाख बढी सहयोग जम्मा गरे

अछाम घर भएका एकेन्द्रले पत्रकार बिसीको उपचारका लागि कोरियामा सहयोग अभियानको नेतृत्व गर्दै एक लाख बढी सहयोग जम्मा गरे

सुदूर आज

अछाम । सुदूरपश्चिम समाज दक्षिण कोरियाका उपाध्यक्ष एकेन्द्रबहादुर थ्यायत (खड्का) ले पत्रकार धु्रब बिसीको उपचारमा सघाउ पुरयाउन कोरियामा रकम संकलन अभियानको नेतत्व गर्दै एक लाख बढी रकम जम्मा गरेका छन् ।

कोरियामा रहेका नेपालीहरुलाई आग्रह गर्दै अछाममै घर तथा कार्यस्थल भएका पत्रकार धुब्र बिसीको उपचारका लागि खड्काले नेतृत्व गर्दै एक लाख एक हजार एक सय एघार सहयोग रकम जुटाएका छन् ।

पत्रकार बिसीले सामाजिक सन्जाल फेसबुक मार्फत गत साउन २१ गते आफुलाई उच्चरक्त चापका कारण दुबै मृगौला फेल भै काठमान्डौको बिर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलासिस गराईरहेको र अब नयाँ मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले सहयोगका लागि आग्रह गरेका थिए ।

पत्रकार बिसीले आफु सङ्ग आर्थिक स्थिति कम्जोर भएको भन्दै सबै लाई सहयोग लागि अपिल गरे लगत्तै कोरियामा आफुले चिनजानका साथीहरुलाई सहयोग गरिदिन आग्रह गर्दै सहयोग जुटाउन थालेको खड्काले बताए । करिब एक महिना सहयोग अभियान संचालन गरेर एक लाख बढी रकम संकलन गर्न सफल भएको नेतृत्वकर्ता खड्काको भनाई छ ।

उनले करिव ६६ जना साथिहरुबाट १०३५ १६५ कोरियन वन जम्मा गरेर पत्रकार बिसीको नाममा रहेको राष्ट्रीय बाणिज्य बैङ्कको खातामा जम्मा गरेको बताएका छन ्। आफु र सबै साथिहरुको सहयोग बाट संकलित उक्त रकमले पत्रकार बिसीको मृगौला प्रत्यारोपणमा केहि टेवा पुगोस् भनेर अभियान नै चलाएको खड्काको भनाई छ ।

अछामको मंगलसेन नगरपालिका वडा नं. ७ घर भै हाल कामको शिलशिलामा दक्षिण कोरिया मा रहेका खडकाले यसअघि पनि थुप्रै दुखीपिडित तथा अप्ठेरो परेकालाई सहयोग गरेका थिए । खडकाले यसअघि सुदूरपश्चिम समाजले आयोजना गरेको सेति महाकाली सौगात भाग ३ बाट बचेको रकमलाई बिशेष पहल गरी आफु पढेको मंगलसेन वडा नंं. ७ मा रहेको जाल्पा माबीमा गरिब तथा जेहेन्दार बिद्यार्थी अक्षय कोष स्थापना गर्न २ लाख सहयोग गरेका थिए ।

यस्तै उनले सुप समाजका पूर्व अध्यक्ष स्व. नबिन कार्कीको परिवारलाई राहत, बैतडीका बालक सिवाङ्सु बचाउ अभियानमा सहयोग, डोटीका ब्रेन ट्युमर लक्ष्मी पालीलाई सहयोग, डडेलधुरामा पिसिर मेसिनको लागि सहयोग तथा बझाङको बाढी पिडितलाई राहत लगायत धेरै अभियानहरु सहयोग गरेका थिए ।

यस्तै सुदूरपश्चिम समाजकै पहलमा उनी सहित समाजका पदाधिकारी तथा अन्य व्यक्तीहरु मिलेर गएको भाद्र २ गते राति आएको बाढिपहिरोबाट क्षति गरेको अछाम रामारोशन गाँउपालिका सैनीबजार क्षेत्रका पिडितहरु लाई राहतका लागि अभियान संचालन गरिएको र केही दिनमै सहयोग रकम पिडितलाई हस्तान्त्रण हुने गरि रकम पठाईने समाजका उपाध्यक्ष खड्काले बताए ।

सहयोगीको नामावली सहित