मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका १० सहित सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

अछामका १० सहित सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि


धनगढीः  सुदूरपश्चिमका थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ३८ जना, बैतडीका ११ जना, अछामका ५ जना र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको बताए।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको शिगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। 

यसैगरी अछामको पञ्चदेव विनायक नगरपालिकाका ५ जना र डडेल्धुराको गन्यापुधुरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए।