अछाम – जिल्लामा थप १० जनामा कोरोनाको संक्रमण देखिएको छ ।
डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा १० जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
७ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।
उनका अनुसार थप भएका १० जना संक्रमित मध्ये एक महिला र २ पुरुष गरी ३ जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने २ महिला र २ पुरुष गरी ४ जना रामारोशन गाँउपालिका तथा ३ जना पुरुष बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् ।
अछाम कुल संक्रमितको संख्या भने ९०३ रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया