मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक हजार ६९ थपिए संगै कोरोना संक्रमितको संख्या देशभर ४० हजार ५२९

एक हजार ६९ थपिए संगै कोरोना संक्रमितको संख्या देशभर ४० हजार ५२९

सुदूर आज

काठमाडौं । नोभेल कोरोना भाइरसका संक्रमित एक हजार ६९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ६९ संक्रमित थपिएको जानकारी दिए । 

जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजा ११२ रहेको छ । पछिल्लो २४ घण्टामा ७६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो  त्यसैगरी हालसम्म २२ हजार १७८  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५   हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० रहेका छन् । आजसम्म देशभर ७ हजार  ३९० जना क्‍वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४० हजार ५२९  पुगेको छ । 

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

सोमबार ११ हजार १२९  जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।