मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराेका कारण मंगलसेन १ काे आगरतोला उच्च जोखिममा, खानेपानीको समस्या

पहिराेका कारण मंगलसेन १ काे आगरतोला उच्च जोखिममा, खानेपानीको समस्या


अछाम – पहिराेका कारण मंगलसेन नगरपालिका वडा नम्वर १ अागरताेलामा रहेकाे खानेपानीको कुवा सहित स्थानीयकाे जमिन समेत भासियकाे छ ।

पहिराेका कारण करिब २० घरपरिवारलाई खानेपानीकाे समस्या भएको स्थानीय राम साउदले बताए । अागरताेलाका स्थानीयकाे लागि याे बाहेक खानेपानीकाे अरु कुनै विकल्प नभएकाले स्थानीयहरु समस्यामा परेका छन ।

गाउँमा रहेको एकमात्र मुहान भएको र अब खानेपानीको चरम समस्या हुने अर्का स्थानिय दिपक साउदले बताएका छ्न । वडाकाे १ लाख लागतमा ३ वर्ष अघि निर्माण गरिएको पक्की कुवा सहित मुहान तलमाथिकाे जमिन भासियर बगेपछि पानीको श्राेत नै नरहने चिन्ता बढेकाे छ ।

पहिराेका कारण खेतियाेग्य जमिन र घरहरु समेत उच्च जाेखिममा रहेकाले अाफुहरुकाे समस्या समाधानका लागि सराेकारवालाले ध्यान दिनुपर्ने स्थानीयकाे माग छ ।