धनगढी– जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका सात जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई पुरुष र केआईसिंह गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चार जना, बान्नीगढी जयगढ गाउँपालिकाका दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।
आज नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका ५६ जनामा संक्रमण पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ भने झण्डै पाँच हजार संक्रमण मुक्त भएको दावी गरिएको छ।
संक्रमण पुष्टि भएका १४ जनाको भने मृत्यु भएको छ।
प्रतिक्रिया