काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ ।
उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले बताए ।
उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।
यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदै छ ।
यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
प्रतिक्रिया