मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यरातमा खोलाले बस्ती बगाउँदा १२ जना बेपत्ता

मध्यरातमा खोलाले बस्ती बगाउँदा १२ जना बेपत्ता

सुदूर आज

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो।

अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले घर बगाउँदा १२ जना सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन,” भण्डारीले भने, “अहिले उद्धारको काम भइरहेको छ। बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ।”

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए।

घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ।