काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।
जसमा ३९४ महिला र ८३४ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । पछिल्लो २४ घण्टामा जना देशभरका विभिन्न अस्पतालबाट ९१७ डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।
आज देशभरका १३ हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण गर्नेको संख्या ६ लाख पुगेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ६७१ जना र होम आइसोलेसनमा ७ हजार ७४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७४९ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश १ मा एक जना र प्रदेश ५ मा ३ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
सोमबार ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा ८९९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस अवधिमा ५४४ जना डिस्चार्ज भएका थिए । सोमबार थप सात जनाको मृत्यु भएको थियो ।
मंगलबार १२ हजार ८८ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा एक हजार ६९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी यस अवधिमा ७६८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी ११ जनाको मृत्यु भएको छ ।
बुधबार एक हजार १२० जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी एक हजार ११२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर १२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।
प्रतिक्रिया