मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर १३५९ जनामा काेराेना सङ्क्रमण, १४ जनाकाे ज्यान गएकाे पुष्टि

देशभर १३५९ जनामा काेराेना सङ्क्रमण, १४ जनाकाे ज्यान गएकाे पुष्टि

सुदूर आज

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।  यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।  

अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।