मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाढीमा ज्यान गुमाएका परिवारलाई हेल्प अछामको ५० हजार आर्थिक सहयोग

वाढीमा ज्यान गुमाएका परिवारलाई हेल्प अछामको ५० हजार आर्थिक सहयोग


परोपकारी संस्था हेल्प अछामले रामारोशन गाउँपालिका वडा नं.५ सैनीवजारस्थित कैलाश खोलामा आएको वाढीका कारण ज्यान गुमाएका परिवालाई आज आर्थिक सहयोग गरेको छ । हेल्प अछामले वाढीका कारण ज्यान गुमाएका आठ परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा सैनी वजार पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष हिमाल कुँवर उदासीले जानकारी दिनुभएको छ । अध्यक्ष कुँवरले घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । उहाँले बिशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित संसथाले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभएको छ। विपत्तिको घडीमा घट्ना स्थलमा आएर नै सहयोग गरेकोमा गाउँपालिकाका उपाध्यक्ष सरस्वति रावलले हेल्प अछामलाई धन्यवाद दिनुभएको छ । उहाँले सहयोगी मनलाई क्षमता अनुसार सहयोग गर्न पनि आग्रह गर्नुभयो । यस्तै पिडित परिवारले पनि हेल्प अछामलाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिएका थिए । परोपकारी काम गर्ने उद्देश्यले स्थापित हेल्प अछामले विभिन्न समयमा परोपकारी तथा सामाजिक कार्य गर्दै आईरहेको छ । यस अघि हेल्प अछामलले कोरोना भाईरसका कारण जिल्ला भित्रिने र बाहिरिने यात्रु र डिउटिमा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मास्क, फलफूल (प्याकिङ) र पानी वितरण गरेको थियो । आर्थिक सहयोग कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गाउँ संगठन कमिटी अध्यक्ष कम्मान सिंह साउद, वडा नं.५ का अध्यक्ष लक्ष्मण दमाई, संस्थाका सचिव भुपेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।