मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अक्षयकोषमा यूनियनका सुप संयोजक ऐरीको सहयोग

अक्षयकोषमा यूनियनका सुप संयोजक ऐरीको सहयोग


डोटी – नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक लाल बहादुर ऐरीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् । ऐरिले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १२ हजार दुइ सय बाइस रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

घोषण गर्दै पत्रकार ऐरि भने , ´स्वर्गीय पत्रकार खड्का प्रेस युनियन डाेटि शाखाका अध्यक्ष हुँदा ,म डडेल्धुरा शाखाको अध्यक्ष थिए ।´ उनले सञ्चार क्षेत्रमा गरेको योगदान कहिले भुल्न हामी कहिले भुल्ने छैनौ। घटना संकास्पद भएकाले सरकारसंग गहिरो छानबिनको माग गर्दछु।`

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । युनियनले स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले बताए ।

बमले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक ऐरिलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् । पत्रकार ऐरि अहिले कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।