मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनियनका केन्द्रिय पार्षद जोशीले गरे जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग

युनियनका केन्द्रिय पार्षद जोशीले गरे जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग


डोटी – नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद गणेश प्रसाद जोशीले आफ्नो जन्मदिनको अवसरमा स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमाआर्थिक सहयोग गरेका छन् ।

जोशीले प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार खड्काको स्मृतीमा स्थापना गरेको अक्षय कोषमा १३ हजार ३ सय ३३ रुपैंया जम्मा गर्ने गरेका हुन् । जोशीले स्व. पत्रकार खड्काले डोटी जिल्लाको पत्रकारीतामा पुगाएको योगदानको स्मरण गदै अक्षय कोषमा केही सहयोग गरेको बताएका छन ।

उनले लामो समय डोटीमा स्व. पत्रकार खड्का संगसंगै पत्रकारीता गरेको र अत्यन्तै मिलनसार र लगनशिल भएको हुदाँ खड्काको घटना शंकास्पद रहेको बताए । बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए ।

बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । घटना संकास्पद भएकाले सरकारसंग घटनाको छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न आफन्त र पत्रकारहरुले माग गर्दै आएका छन ।

नेपाल प्रेस युनियन डोटी शाखाले स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको छ । जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रिय पार्षद जोशीलाई नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले जन्मदिनको शुभकामना साथै धन्यबाद ज्ञापन गरेका छन् ।