मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काँग्रेस पार्टी वडा कार्यालयको उद्घाटन

नेपाली काँग्रेस पार्टी वडा कार्यालयको उद्घाटन

सुदूर आज

बाजुरा – जिल्ला बुढिनन्दा नगरपालिका वडा नं. ५ मा नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो वडा पार्टी कार्यालयको शनिबार एक औपचारीक कार्यक्रमका साथ उद्घाटन गरेको छ । नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो निजी रुपमा प्रयोग गर्ने गरी वडा पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथि नारायण पाध्याले उद्घाटन गरेको प्रेस युनियन पुर्व अध्यक्ष एबम् केन्द्रिय पार्षद छक्क मल्लले बताए।

नेपाली काँग्रेस पाटीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ बुढिनन्दा नगरपालिकाको प्रत्येक वडा–वडामा नेपाली काँग्रेस पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेस सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडामा पार्टी कार्यालय स्थापना गरिने नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि नगर प्रमुख पदम कुमार गिरीले बताए ।

नेपाली काँग्रेसको नजिकै आएको महाधिवेशनलाई लक्षित गर्दै नेपाली काँग्रेसले वडा देखि नै बलियो र समृद्ध सुदृढिकरण गर्न सक्रिय रुपमा आ–आफ्नो वडा तथा क्षेत्रबाट लाग्ने भनी पहिलो पटक वडा नं. ५ बाट वडा पार्टी कार्यालयको स्थापना गरी सुरुवात गरिएको महाधिवेशन प्रतिनिधी राम बहादुर बोहराले बताए । शनिवार एक सानो कोभिड सुरक्षा सहित अपनाई औपचारीक कार्यक्रमका साथ उक्त वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रममा नगर प्रमुख तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पदम कुमार गिरी , जिल्ला समन्वय प्रमुख तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति सह–सचिब नरेन्द्र कुमार रोकाया, महाधिवेशन प्रतिनिधी बुढिनन्दा नगरपालिका वडा न ३ का वडाध्यक्ष राम बहादुर बोहरा बिशिस्ट अथिती रहुन भएको थियोे अथिती नेपाली काँग्रेस जिल्ला कार्य समिती सदस्य बुढिनन्दा नगरपालिका वडा न १ का वडाध्यक्ष नृपराज खत्री, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देविलाल जेठारा विनोद कुमार गिरी ,काली बः मल्ल मान बहादुर खड्का रिता देवि सिहं लगायतका नेपाली काँग्रेस सक्रिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको पत्रकार छक्क मल्लले बताएका छन ।