अछाम : डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ।
१०१ जनाको कोरोना परीक्षण भएकोमा ४ जना नया र ७ जना पुराना पुन परिक्षण सहित ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
उनका अनुसार उनीहरु सबै अछामको तुर्माखाँद गाउँपालिकाका रहेका छन्।
प्रतिक्रिया