मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युथ कांग्रेस नेपालको केन्द्रीय समिति घोषणा

युथ कांग्रेस नेपालको केन्द्रीय समिति घोषणा

सुदूर आज

काठमाडौं । युथ कांग्रेस नेपालले १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । आइतबार सचिन तिमिल्सेनाको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरिएको हो ।

समितिको महामन्त्री महेश दुलाल छन् ।

युथ कांग्रेस नेपाल युवा लोकतन्त्रवादीको अभियान रहेको राष्ट्रिय संयोजक तिमल्सेनाले बताए ।

युथ कांग्रेसले पछिल्लो ३ वर्षदेखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिको लागि विभिन्‍न कार्यक्रम चलाउँदै आइरहेको बताइएको छ ।

केन्द्रीय समिति घोषणा गरेसँगै युथ कांग्रेसले जिल्ला तथा प्रदेश संयोजक तोक्ने काम जारी रहेको जनाएको छ ।