मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको स्थायी कमिटी बैठक २६ भदौमा

नेकपाको स्थायी कमिटी बैठक २६ भदौमा

सुदूर आज

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २६ भदौमा हुने भएको छ। गएको १३ साउनदेखि अनिश्चित बनेको स्थायी कमिटी बैठक २६ भदौमा बोलाइएको हो। 

सोमबार बिहान महासचिव विष्णुप्रसाद पौडेल सहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण अनिश्चित बनेको थियो। 

तर, सहमतिका लागि सुझाव पेश गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास नेकपामा भएको छ। कार्यदलले ६ भदौमा नै प्रतिवेदन बुझाएको छ। 

कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठक समेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय गरिसकेको छ। नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका थापाका अनुसार, कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नै स्थायी कमिटी बैठक बोलाइएको हो। 

स्थायी कमिटीमा छलफल हुनुअघि कार्यदलमा ठोस सहमति जुटाउने प्रयास समेत हुने भएको छ। आगामी फागुनमा एकताको महाधिवेशन गर्ने प्रस्ताव गरिएको कार्यदलले महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री ओली रहने तथा पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा दाहाल रहने उल्लेख छ।