मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ९७९ जना कोरोना संक्रमित थपिए

आज ९७९ जना कोरोना संक्रमित थपिए

सुदूर आज

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ।

पछिल्लाे २४ घण्टामा ९ हजार २१८ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ। याे सहित नेपालमा अहिलेसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाानकारी दिएकाे छ।

हाल नेपालमा सक्रिय संक्रमित १६ हजार २५९ रहेका छन्। जसमध्ये ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा ७ हजार १९० जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ। यो ६५ प्रतिशत हो।

अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा ४ हजार ७३९ जना छन्।

पछिल्लाे २४ घण्टामा काेराेनाबाट ११ जनाकाे मृत्यु भएसँगै कुल मृतककाे संख्या ३०० पुगेकाे छ।