अछाम ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा प्रबेश नाकाको रुपमा रहेको साँफेबगर नगरपालिकाले नगर भित्र लगाएको बन्दाबन्दीलाई खुलाएको छ ।
भाद्र २४ गते अर्थात बुधबार राती १२ बजे पछि लागु हुने गरि लकडाउन हटाईएको नगरका कार्यबाहक प्रमुख बिर्मला बुढथापाले बताईन ।
लकडाउन हटाईए पनि कारोनाको जोखिम कायम रहेको भन्दै सचेत र सुरक्षाका उपाय अबल्म्बन गर्न कार्यबाहक नगर प्रमुख बुढथापाले आग्रह गर्नु भएको छ ।
हात धुने, सरसफाई गर्ने सामाजिक दुरी कायम गर्ने तथा सर्तकताका लागि एक असल नागरिकको भुमिका निर्वाह गरी कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न बिज्ञप्ती मार्फत अपिल गरिएको छ ।
गत भाद्र ९ गते देखि १६ गते राती १२ बजेसम्म पहिलो पट तथा पुन थप गरि २३ गते सम्म कायम हुने गरि नगरमा लकडाउन गरिएको थियो ।
लकडाउनले गर्दा केही हद्सम्म कोरोना रोकथाममा सघाउ पुगेको नगरको ठहर छ । यस अवधिमा साथ र सहयोग गर्ने नगरबासी लगायत अन्य सबै पक्षलाई नगरले धन्यवाद समेत ज्ञापन गरेको छ ।
प्रतिक्रिया