अछाम – नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँ पालिका द्वारा रामारोशन का बाढी पहिरो हरुको लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस क्षेत्र का जनतालाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले अाफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस बान्निगढी गाउँ पालिका सभापति चन्द्र सिं लुहारले बताए ।
नेपाली कांग्रेस राहत संकलन तथा उदार समितिको कोषलाई उक्त रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेश राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले जानकारी दिए । नेपाली कांग्रेस बान्निगढीका नेता कार्याकर्ताले संकलन गरेको रकम रामारोशन गाउँ पालिकाको मुजाबगर एक कार्यक्रम का बिच राहत संकलन तथा उदार समितिमा हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार कांग्रेस अछामका पुर्व सचिव टेक बहादुर साउद नेपाली कांग्रेस अछाम क्षेतन १ प्रदेश सभा ख का सभापति डम्बरबहादुर स्वार नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द विक कांग्रेस जिल्ला सदस्य ललित साउद नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँ पालिका सभापति चन्द सिं लुहार सचिव सुरत रावल नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बिक बान्निगढी वडा न४ का अध्यक्ष कर्ण ठकुल्ला कार्य पालिका सदस्य केशर बिक तरुण दलका रेमित साउद नेविसंघ नेता ख्यामराज साउद लगायतको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेसले यति बेला रामारोशनका बाढी पहिरो प्रभावित जनताका लागि राहत संकलन कार्यलाई तिब्रता भइरहेको र थप सहयोग का लागि पनि सबैलाई अपिल गरेको राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले बताए।




















प्रतिक्रिया