बाजुरा – जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सोमबारदेखी उप प्रमुखको सुत्क्यारो भाडो हस्तान्तरण कार्यक्रम संचालन गरिएको हो ।
महिलासंग उप प्रमुख कार्यक्रम अन्तर्गत उप प्रमुखको सुत्क्यारो भाडो कार्यक्रम निती तथा कार्यक्रममा समावेश भए अनुसार उक्त कार्यक्रम आयुर्वेद केन्द्र, सहास नेपाल,आइएनएफ संघ संस्थाको सहकार्यका संचालन गरिएको बढिमालिका नगरपालिकाले जनाएको छ ।
हजार दिनमा आमा र गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको रुपमा रहेको विभिन्न परिकारका खानेकुरा सहितको सुत्क्यारो भाडो हस्तान्तरण गरिएको नगर उप प्रमुख कविता विष्टले बताएकी छन् ।
उनले नगरपालिका क्षेत्रमा रहेका सुत्केरी भएकी महिला र गर्भवती महिलाहरुको गर्भमा रहेका बच्चाको वृद्धि विकास र तन्दुरुस्त बनाउने गरी उनीहरुलाई बढिमालिका नगरपालिकाका वडा न ८ र ९ वडाबाट सोमबारबाट सुरु गरेको नगर उपप्रमुख बिष्टले बताइन् ।
बढिमालिका नगरपालिका वडा न ८ र ९ वडामा रहेका एक सय २२ जना गर्भवती र सुत्केरी महिलालाई पौष्टिक खाद्य सामग्री हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक टेकबहादुर खड्काले जानकारी दिए ।
बढिमालिका नगरपालिकाका वडा कार्यलयबाट सिफारिस भई आएका गर्भवती र सुत्केरी महिलालाई पहिलो चरणमा उनीहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।
यस्तै जिल्ला आयुर्वेद केन्द्रले सुत्केरी भएकी महिलाको दुग्ध बर्दक औषधी वितरण गरिएको छ ।
गर्भवती र सुत्केरी महिलालाई प्रतिव्यक्ति चामल १० केजी,गेडागुडी तीन केजी,नुन एक केजी, खानेतेल दुई लिटर, मिक्स दाल दुई केजी,ज्वानो एक सय २५ग्राम,साबुन दुइ पीस कम्पोजिट एक प्योकटको पौष्टिक आहार वितरण गरिएको बताएको छ ।
प्रतिक्रिया