मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृतक भण्डारीको कुटपिटमा संलग्न फरार थप ३ जना अभियुक्त पक्राउ

मृतक भण्डारीको कुटपिटमा संलग्न फरार थप ३ जना अभियुक्त पक्राउ

सुदूर आज

अछाम । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १४ कालागाँउका सन्तोष भण्डारीको कुटपिटमा संलग्न रहेका थप ३ जनलाई प्रहरीले प्रक्राउ गरेको छ ।

उनिहरुलाई कालिकोट जिल्लाको राष्कोट नगरपालिका वडा नं. ४ स्थित सिप्टीबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कमलबजार नपा ६ हात्तीबाजका २३ बर्षिय भुपेन्द्र शाही, कालापोखराका १८ बर्षिय मिन बहादुर शाही र दैलेख जिल्ला आठविस नगरपालिका वडा नं. २ श्रीकोटका २० बर्षिय राम शाही रहेका छन् ।

उनिहरुलाई पक्राउ पश्चात अनुसन्भान भईरहेको अछाम प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न अन्य ६ जना व्यक्तिहरुलाई यसअघि नै पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मंगलेसन नगरपालिका वडा नं. १४ को खानडाडा भन्ने स्थानमा कमलबजार नगरपालिका ६ हात्तीबाजका भुपेन्द्र शाही लगायत ८र९ जनाको समुहले सामान्य विवाद हुदाँ भण्डारीलाई कुटपिट गरी घाईते बनाएका थिए ।

घाईते सन्तोष भण्डारीको उपचारको क्रममा मृत्यु भएको थियो ।