मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन २०२१ को नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प मनोनित

सन २०२१ को नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प मनोनित


काठमाडौं । नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित भएका छन् । इजरायल र यूएईको बीचमा भएको शान्ति सम्झौताका लागि सहयोगी भूमिका निर्वाह गरेका कारण उनलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको हो । नर्वेली संसद्का सदस्य क्रिस्चियन टिब्रिङ जेड्डीले उनको मनोनयन पठाएको अमेरिकी समाचार संस्था फक्सन्युजले उल्लेख गरेको छ ।

जेड्डीले यूएईले चालेको कदमलाई खाडी क्षेत्रका अन्य मुलुकले पनि पछ्याएको खण्डमा खाडी क्षेत्रमा सहकार्य र समृद्धिको बाटो खुल्ने दाबी गरेका छन् । उनले ट्रम्प अन्य मनोनित व्यक्तिभन्दा शान्ति स्थापनाको योगदानमा अगाडि देखिएको बताएका छन् । साथै ट्रम्पले कोरियाली प्रायद्वीपमा, पाकिस्तान–भारतको बीचमा पनि शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको जेड्डीको भनाइ छ ।

यसअघि सन् २०१८ मा पनि उत्तर कोरियालाई निशस्त्रीकरण गराउन सफल भएकोमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको थियो । तर, उनले जित्न भने सकेका थिएनन् ।