मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२१६ देशमा फैलिएको कोरोनाले ८ लाख ९४ हजार बढीको मृत्यु

२१६ देशमा फैलिएको कोरोनाले ८ लाख ९४ हजार बढीको मृत्यु


काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् भने ३ हजार ८३८ संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा निकै कम हो । 

२१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ जनाको मृत्यु भइसकेको छ ।