मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको उपचारका लागि अमेरीकाबाट ८९ हजार बढी सहयोग प्राप्त

पत्रकार बीसीको उपचारका लागि अमेरीकाबाट ८९ हजार बढी सहयोग प्राप्त


अछाम । अछामका पत्रकार ध्रुव बीसीको उपचारका लागि अमेरकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । बीसीको उपचारका लागि ८९ हजार ४९ रुपयाँ रकम सहयोग प्राप्त भएको हो ।

ढकारी गाँउपालिका वडा नं. ८ घोडासैन घर भई हाल अमेरिकामा रहेका चन्द्रकान्त उपाध्यायको नेतृत्वमा त्यहाँ रहेका अछाम तथा अन्यत्र घर भएका २६ जना व्यक्तीहरुको सयुक्त सहयोगबाट उक्त रकम संकलन भएको थियो ।

अमेरिकाको टेक्सासमा रहेका उपाध्ययाले पत्रकार ध्रुव बीसीका दुबै मृगौला फेल भएर काठमाण्डौँमा उपचारार्थ रहकाले सहयोग अन्र्तगत रकम संकलन गरि पठाएको बताए ।

यहाँहरु ले पत्रकार Dhurba Bc Chhetri को उपचारका लागि गर्नु भएको सहयोग रकम रु 89049.65 ( उनान्नब्बे हजार उन्पचास)…

Posted by Chandrakanta Ghodasaini Upadhyaya on Wednesday, September 9, 2020

सेवा नै धर्म हो भन्दै सानो सानो सहयोगले पनि बीसीको उपचारमा सहघाउ पुग्ने भन्दै सबैबाट रकम संकलन गरी पठाएको उनको भनाई छ ।

पत्रकार बीसीले उक्त रकमले आफ्नो उपचारमा सहयोग पुग्ने भन्दै मनकारीलाइ धन्यवाद ज्ञापन गरेका छन् ।