अछाम : साफेबगर नगरपालिका स्वास्थ शाखाको आयोजनामा आर्थिक बर्ष २०७६ ०७७ को स्वास्थ कार्यक्रमको बार्षिक समिक्षा तथा योजना गोष्ठि आजबाट साफेबगरमा सुरु भएको छ ।
दुईृ दिने गोष्ठिमा साफेबगर नगरपालिकाको स्वास्थ क्षेत्रमा भएका प्रगति र आगामी कार्यायोजना निमार्ण गरिने भएको छ । नगर स्वास्थ शाखा प्रमुख पुष्प बुढाको अध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर कार्यबहाक प्रमुख बिर्मला देबी बुडथापा,बिशिष्ट अतिथि नगर प्रबक्ता तथा वडा अध्यक्ष बालगीरी कुँवर रहनु भएको थियो ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ निरिक्षक लक्षमण नाथ योगीले गर्नु भएको थियो भने स्वागत मन्तब्य सिनियर अनमी जानकी शाहले राख्नु भउको थियो । कार्यक्रममा स्वास्थ कार्यालयका जनस्वास्थ अधिकृत झपटराज ढुंगानाले समग्र जिल्लाको स्वास्थ अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उहाँले अछाम जिल्लामा ७५ प्रतिशतले सस्थागत सुत्केरी गराउने गरेको र ३० प्रतिशतले परिवारनियोजनाका सधानहरु प्रयोग गर्ने गरेको जानकारी गराउनु भयो । उहाले स्वास्थको क्षेत्रमा जिल्लामा प्रगति भएपनी अझै सुधार गर्नुे अवस्था रहेको बताउनु भयो ।
उहाले सबैधानिक व्यवस्था अनुसार गुणस्तरिय आधारभुत स्वास्थ सेवा प्रवाह स्थानीय सरकारको एकल अधिकार भएकाले स्वास्थ सेवालाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
३ वर्षको अवधिमा २० बर्ष मुनिका बच्चा जन्माउने दर बढेको भन्दै जिल्लामा भईरहेको कार्यक्रम अनुसार बालबिवाह न्युनिकरणको साटो झन्् बढेर गएको बताउनु भयो । गोष्ठिमा १४ वडाका स्वास्थ चौकी प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रतिक्रिया