मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

देशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

सुदूर आज

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा र ६ हजार ४३८ जना होम आइसोलेसनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ जनाको आरटीपीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ। योसहित हालसम्म नेपालमा ८ लाख १० हजार ४८५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

आज ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।