मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१०७ औं विपी जयन्तीको अवसरमा कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण

१०७ औं विपी जयन्तीको अवसरमा कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण


अछाम – नेपाली कांग्रेसका संस्थापक सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ अौ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनले शान्तडा प्रहरी चौकी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सामुदाय स्तर मा नै फैलिने त्रास बढेकोले फिल्डमा खटिने प्रहरी जवान तथा बाटोमा हिड्ने माक्र्स नहुने सर्वसाधारण लाई मध्ये नजर गर्दै विपी जयन्तीको अवसरमा २०० पिस सर्जिकल माक्र्स र सेनिटाइजर वितरण गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताए।

रामारोशन गाउँ पालिकामा पनि कोरोनाको उच्च जोखिम बढी रहेको बेला बजारमा अत्यावश्यक सामान खरिदका लागि आउने माक्र्स नहुने सर्वसाधारण जनतालाई माक्र्स दिएर माक्र्स लगाउनु पर्छ भन्ने सन्देश प्रभाह का लागि पनि माक्र्स वितरण गरिएको बताइएको छ।

प्रहरी चौकी शान्तडाका हवल्दार तेज बहादुर कठायत लाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार कांग्रेस रामारोशनका सचिव पुर्ण बिक रामारोशन गाउँ पालिका वडा न ७ का वडा अध्यक्ष खडक भण्डारी नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट दल बहादुर साउद लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले हिजो र आज विभिन्न कार्यक्रम गर्दै विपी जयन्ती बनाएको छ।