मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक जिल्लाबाट अर्को जिल्ला जानेलाई अब यस्तो कार्वाही हुने

एक जिल्लाबाट अर्को जिल्ला जानेलाई अब यस्तो कार्वाही हुने


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ ।

त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहोर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएसँगै नेपालमा सङ्क्रमितकोे कुल सङ्ख्या ५० हजार नाघेको छ । उज्यालो