मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना सं’क्रम’णको नयाँ रेकर्ड, हेर्नुस कति थपिए एकैदिन

भारतमा कोरोना सं’क्रम’णको नयाँ रेकर्ड, हेर्नुस कति थपिए एकैदिन

सुदूर आज

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

भारतमा हालसम्म ४४ लाख ६५ हजार ८६३ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार ६२ पुगेको छ । 

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ ।

दैनिक ९५ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ । 

९५ हजार ७३५ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए । भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो ।