अछाम – संबिधान सभा सदस्य भैरे कामीका धर्मपत्नी कल्धरी कामीको नि’धन भएको छ। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृ’त्यु भएको हो।
गएको साउन २८ गते डोटी जिल्लाको पुर्विचौकी गाउँपालीका १ फुलौटमा भएको दुर्घटनामा उनि गम्भीर घाइते भएकी थिन।
धनगढीबाट मंगलसेन आउँदै गरेको कर्णाली रिभर यातायात प्रा.लि.को ना ६ ख २५२९ नं को बस दुर्घटना हुँदा उनि घाइते भएकी थिन।
मंगलसेन नगरपालिका वडा न. ७ घर भएका कामीका श्रीमतीको ५४ बर्षको उमेरमा मृत्यु भएको पारीवारिक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया