काठमाण्डाै – आज पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
बेलुका प्रदेश नम्बर एक र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने उनले बताए । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ ।
आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ । यस्तै राति भने केही ठाउँमा मेघगर्जन हुने अनुमान छ ।
मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद् वरुण पौडेलले बताए ।
प्रतिक्रिया