मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाले वडा कार्यालयमा लगाइएको ताला ११ दिनपछि खोलियो

नेकपाले वडा कार्यालयमा लगाइएको ताला ११ दिनपछि खोलियो


अछाम
बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तीमिल्सैनमा लगाइएको ताला खोलिएको छ ।

नेपाल कम्युनिस्ट पाटी बान्निगढि जयगढ गाउँपालिका ४ नम्बर वडा कमिटिले भाद्र २१ गते आफ्ना विभिन्न माग राख्दै तालाबन्दी गरेको थियोे ।

मानव अधिकार तथा शान्ति समाज अछामको समन्वय तथा सहजीकरणमा बुधबार जयगढमा भएको वार्तामा दुई पक्ष बिचको सम्झौता अनुसार ११ दिन पछी कार्यालयमा लगाइएको ताला खोलिएको हो ।

उक्त वार्तामा बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोकेन्द्र बहादुर साउद, मानव अधिकार शान्ति समाज केन्द्रिय सचिव मदन कुवर ,समाजका अछाम सहसचिव सुशील भण्डारी ,वडा अध्यक्ष कर्ण बहादुर ठकुल्ला,नेपाल कम्युनिस्ट पाटी वडा कमिटी अध्यक्ष रंग ठकुल्ला लगायतको उपस्तिथि रहेको थियोे ।