फाइल फोटो
काठमाडौं – आज विश्व बिरामी दिवस । ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ नाराका साथ नेपालमा स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरि यो दिवस मनाइँदैछ ।
बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । आज बिरामी दिवसको अवसरमा केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि दिप प्रज्वलन गर्न स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा आज बेलुका सात बजे दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले बताए ।
सोही समयमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुका साथै कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिनेछ ।
स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भएकाले यस वर्षको बिरामी दिवस स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको उनले बताए ।
साथै कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि बेलुकी ८ बजे आ–आफ्नो घरमा दिपावली गर्न पनि विभागले अपिल गरेको छ ।
प्रतिक्रिया